कावासोती । नेपालमा लगाएत विश्व भर देखिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण देवचुलीमा पनि देखिएको भन्दै देवचुली नगरपालिकाका विद्यालयहरु वैशाख १९ गते सम्म बन्द हुने भएका छ्न ।
वैशाख १९ गते सम्म वार्षिक परीक्षाको तयारी बिदा रहने विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकाले सोमबार जारी गरेको सूचना अनुसार होटल तथा रेष्टुरेन्टहरु बिहान ८ देखि बेलुकी ८ बजे सम्म मात्रै खोल्न पाईने, २५ जन भन्दा धेरै जम्मा भएर कुनै प्रकारका कार्यक्रमहरु गर्न नपाईने, मठ मन्दिर, चर्च , मस्जिद लगाएतका धार्मिक स्थलमा नित्य पुजा आजा बाहेकका अन्य कार्यक्रम गर्न नपाईने जनाईएको छ ।
जिल्लामा कोरोना संक्रमण बढेको भन्दै जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय लगाएतका क्षेत्रहरु बन्द गर्न सुरु गरेका हुन । आईतबार मात्रै कावासोती नगरपालिकाले शुक्रबार सम्मका लागी भन्दै विद्यालय र हाट बजार बन्द गरेको थियो ।
प्रकाशित : २०७८ वैशाख १३ गते १२:३४
No ads found for this position
Facebook Comment