पोलार्डले बिस्फोटक ब्याटिङ गर्दा मुम्बई विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते ७:२१
पोलार्डले बिस्फोटक ब्याटिङ गर्दा  मुम्बई विजयी

काठमाडौँ  : इन्डियन प्रिमियर लिग (आइपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले शनिबार साँझको खेलमा २१९ रनको विशाल लक्ष्य भेटाएको छ । दिल्लीमा राति भएको खेलमा मुम्बईले चेन्‍नई सुपर किङ्सले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मुम्बईको जितमा केइरोन पोलार्डले अविजित ८७ रन बनाए । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे । यस्तै क्‍वीनटन डी ककले ३८, कप्तान रोहित शर्माले ३५, कुर्नाल पाण्डेयले ३२ र हार्दिक पाण्डेयले १६ रन बनाए ।

 

 

चेन्नईका साम कुरानले ३ विकेट लिए पनि अन्य बलर भने मुम्बईका ब्याट्सम्यान सामु निरिह बने ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्‍नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतक बनाएका थिए ।

अविजित रहेका रायडुले ७२ रन बनाए । अलीले ५८ र प्लेसिसले ५० रन बनाए । रविन्द्र जडेजा २२ रनमा अविजित रहे ।

बलिङमा केइरन पोलार्डले २ तथा ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिए । जितसँगै मुम्बईले ७ खेलमा ८ अंक जोडेको छ भने चेन्‍नईले ७ खेलमा १० अंक जोडेको छ । चेन्‍नई शीर्ष स्थानमा छ ।

प्रकाशित : २०७८ वैशाख १९ गते ७:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI