तृतीय भावमा चन्द्रमा वृश्चिकलाई शान्ति, अन्यलाई यस्तो छ मंगलबार

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २१ गते ७:४९
तृतीय भावमा चन्द्रमा वृश्चिकलाई शान्ति, अन्यलाई यस्तो छ मंगलबार

आजको पञ्चांग
आज मिति २०७८ वैशाख २१ गते सोमबार, इस्वीसंवत मे ४ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको अष्टमी तिथि रहनेछ । आज श्रवण नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा बालब, आनन्दादि योगमा लुम्व रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३३ घटि ६ पला अर्थात १३ घण्टा १० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर २४ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ३९ मिनेटमा हुनेछ ।

मेषः मेष राशि भएकाहरूका लागि आज दिन र समय मध्यम रहनेछ । चन्द्रमा दशौं भावमा भ्रमण गरिरहेकाले आँटे ताकेका काम अधूरै रहनेछन् । आफन्तले कुरा काट्नेछन् । व्यापार व्यवसायमा मन्दी आउनेछ । मन अस्थिर हुनेछ । नयाँ कामको थालनी नगर्नुहोला । यात्रामा पनि सावधान हुनुहोला ।
मेष राशि भएका व्यक्तिहरुका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय ठीक छैन । चन्द्रमा नवौं भावमा भ्रमण गरिरहेका छन् । त्यसैले एक्कासी नयाँ रोगले दुःख दिने, आफन्तसंग वादविवादमा फसिने, मनमा नकारात्मक सोचाइ बढ्न सक्ने देखिन्छ । आज जे गर्दै हुनुहुन्छ निकै होसियारीका साथ गर्नुहोला ।
वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग ः नीलो, स्वामीराशि ः शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । साथै उदाउँदो सूर्यलाई अघ्र्य दिई शिवजीलाई जल चढाउनाले पनि ग्रहबाधा कम हुनेछ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब छ । चन्द्रमा आठौं भावमा भ्रमण गरिरहेकाले तपाइँको आज सरकारी कार्यालयबाट हुने काम बन्नेछैन । आफ्नै सन्तानसंग झगडा हुन सक्छ । दुर्घटनाको सम्भावनालाई पनि नकार्न सकिन्न । आजदेखि दीर्घ रोग पनि देखा पर्नेछ । आज यात्रा र नयाँ कामको थालनी पनि सकभर नगर्नुहोला ।
मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रतिकूल अर्थात कठिन समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएका व्यक्तिहरूले सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र शाकाहारी भोजन ग्रहण गर्नुहोला । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले पनि तपाइँको भाग्यमा वृद्धि हुने र मनोकांक्षा पनि पूरा हुनेछ ।

सिंहः सिंह राशि भएकाहरूका लागि पनि आज समय राम्रो छ । छैटौं भावमा भ्रमण गरिरहेका चन्द्रमाले तपाइँलाई सकारात्मक बाटोतर्फ हिंडाउन भूमिका खेल्नेछन् । आज स्वास्थ्य राम्रो रहनेछ । शत्रुमाथि तपाइँको जीत हुनेछ । पढाइ लेखाईमा ध्यान केन्द्रित हुने देखिन्छ । समय अत्यन्तै शुभ रहेकाले नयाँ कार्यको थालनी आज गर्न सक्नुहुनेछ । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएका व्यक्तिहरूले बंगलामुखी देवीको पूजा, शनिबार पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि बटुक भैरवको पूजा गर्दा लाभ मिल्नेछ । वृहस्पति ग्रहको दोष शान्त पार्न शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा गर्नुहोला ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । चन्द्रमा तपाइँको राशिमा पाचौं स्थान बनाएर भ्रमण गरिरहेकाले यात्रामा समस्या आउनेछ । दुःख पर्ने खबर सुन्नुपर्नेछ । जे काम गर्न खोजेपनि अवरोधको सामना गर्नुपर्ने देखिन्छ । मनमा तनाव उत्पन्न हुनेछ, संयम हुनुहोला ।
कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउदा राम्रो हुनेछ । कन्या राशि भएकाहरूले गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । मंगलवार र शनिवार दुर्गा र हनुमान चालिसाको पाठ गर्ने, प्रत्येक बुधबार गाईलाई हरियो घाँस दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज समय भरपर्दो छैन । चौथो स्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैको प्रभावले आर्थिक संकट पर्न सक्नेछ । आज लेनदेनको कारोबार नगर्नुहोला । खानामा गड्बढी हुनाले पेटरोगको सामना गर्नुपर्नेछ । औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । आफन्त पनि विनाकारण निहुँ खोज्दै आउनेछन् । समय खराब रहेकाले सर्तक हुन आवश्यक छ ।
आज भगवती देवीको दर्शन र पूजा, बृहस्पतिको मन्त्रजप गर्नाले राम्रो हुनेछ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । तपाइँले नीलो रंगको कपडा लगाउँदा मनमा शान्ति छाउनेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । तृतीय भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले तपाईको मन शान्त हुनेछ । कामबाट आर्थिक लाभ हुनेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आज गर्नुहोला । धार्मिक कार्यमा धन जानेछ । आर्थिक पक्ष सबल रहनाले सहयोग गर्ने मन लाग्नेछ ।
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा र शनि ग्रहकै मन्त्र जप गर्दा लाभ मिल्नेछ । तपाइँले मन शान्त राख्नका लागि रातो रंगको कपडा लगाउदा राम्रो हुनेछ ।

धनुः धनु राशिका लागि आज पनि समय अत्यन्तै खराब छ । द्धितीय भावमा अर्थात शत्रु भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसको नकारात्मक प्रभावमा तपाइँ हुनुहुन्छ । तपाइँलाई आज आँखामा समस्या देखिन सक्छ । बिरोधीहरू पनि बढ्नेछन् । प्रेममा धोका पनि हुन सक्छ । नगद पैसा हराउन सक्छ । स्वास्थ्यमा पनि समस्या देखिने योग रहेकाले सर्तक हुनुहोला ।
धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठ गर्दा समय फलदायी बनाउन सक्नुहुनेछ । प्रत्येक शनिबार पीपलमा जल चढाउन सके शनिग्रह शान्त हुनेछन् । तपाइँले आफ्नो मन शान्त राख्नका लागि पहेंलो रंगको कपडा लगाउनुहोला । साथै गुरु अर्थात वृहस्पतिको मन्त्र जप गर्दा राम्रो हुनेछ ।

मकरः मकर राशि भएकाहरूका लागि आज अत्यन्तै समय राम्रो रहनेछ । आफ्नै भाग्य स्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् । यसको सकारात्मक प्रभावले आज आदर सत्कार पाइने ठाउँमा सरिक हुन पाइनेछ । विद्यामा प्रगति र प्रेम सम्बन्ध सुमधुर हुनेछ । स्वास्थ्य मजबूत र यात्रा फलदायी रहनेछ । नयाँ कामको थालनी गर्नका लागि आज उपयुक्त समय रहेको छ । मकर राशि भएका व्यक्तिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । तपाइँले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । तपाइँले आफ्नो मन शान्त राख्नका लागि कालो रंगको कपडा लगाउनुहोला ।

कुम्भः कुम्भ राशिका लागि आजको दिन त्यति अनुकूल देखिएको छैन । १२औं भावमा रहेका चन्द्रमाले मानसिक पीडा, मानहानी हुन सक्नेछ । आफन्त धोका दिन सक्नेछन् । आर्थिक कारोबार आज नगर्नुहोला । गरिरहेको काममा चित्त बुझ्ने छैन । खर्चमा एक्कासी वृद्धि हुने योग छ । तपाईले मन शान्त राख्न कालो रंगको कपडा लगाउनुहोला ।
कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । तपाईले हनुमान चालिसाको पाठ, शिवजीको दर्शन, पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । भोका व्यक्तिलाई भोजन र असाहाय व्यक्तिलाई वस्त्रदान गर्नाले तपाइँको भाग्यमा वृद्धि हुनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ । ११औं भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले धन र जमीन लाभ हुनेछ । खुशीका खबर हुन्न पाइनेछ । मान सम्मान पनि आज तपाइँलाई मिल्न सक्छ । साथी भाइको सहयोगले आँटेका कार्य पूर्ण हुनेछ । तपाइँले आफ्नो मन शान्त राख्नका लागि पहेंलो रंगको कपडा लगाउनुहोला ।
मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले हरेक दिन गणेशजी तथा विष्णु भगवानको पूजा गर्दा ग्रहपिडा कम हुनेछ । शनिवार महामृत्युञ्जयको जप गरेर र कुकुरलाई रोटी दिनाले पनि काममा सफलता मिल्नेछ । साथै घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साइतः आज चन्द्रमा मकर राशिमा छन् । त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ५ः२५ बजेदेखि         ७ः०४ बजेसम्म        रोग बेला
बिहान ७ः०४ बजेदेखि         ८ः४३ बजेसम्म        उद्धेग बेला
बिहान ८ः४३ बजेदेखि         १०ः२२ बजेसम्म       चर बेला
बिहान १०ः२२ बजेदेखि        १२ः०१ बजेसम्म       लाभ बेला
बिहान १२ः०१ बजेदेखि        १ः४० बजेसम्म        अमृत बेला
दिनमा १ः४० बजेदेखि         ३ः१९ बजेसम्म        काल बेला
दिनमा ३ः१९ बजेदेखि         ४ः५७ बजेसम्म        शुभ बेला
दिउँसो ४ः५७ बजेदेखि        ६ः३६ बजेसम्म         रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रकाशित : २०७८ वैशाख २१ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI