राष्ट्रियसभा सदस्य उपनिर्वाचन :  ३ जनाको उम्मेदवारी दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २४ गते १५:२५
राष्ट्रियसभा सदस्य उपनिर्वाचन :  ३ जनाको उम्मेदवारी दर्ता

हेटौंडा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि तीनजनाको उम्मेद्वारी दर्ता भएको छ ।स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा, नेकपा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका एमाले स्थायी कमिटि सदस्य रामबहादुर थापा “बादल” र नेपाल मजदुर किसान पार्टीको तर्फबाट केन्द्रीय सदस्य कृष्णबहादुर तामाङको उम्मेदवारी परेको हो ।तिनैजाले हेटौंडा स्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटा र तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । देबकोटाको प्रस्ताबक नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेल छन भने समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छिन् ।त्यस्तै तामाङको प्रस्तावक नेमकिपा वागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई छन भने समर्थक पनि नेमकिपाकी सांसद सिर्जना सैजु रहेकी छिन् ।निर्वाचन कार्यालयले बागमती प्रदेशमा रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकेको छ ।राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचन यहिँ जेठ ६ गते तोकीएको छ । बागमती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख  २३८ र बागमती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८  मतदाता रहेका छन् ।निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माविको भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ ।  स्थानीय तह र प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको बताइएको छ ।

प्रकाशित : २०७८ वैशाख २४ गते १५:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI