कावासोती : नगरपालिका र वडा कार्यालयहरुमा अत्यावश्यक बाहेक सेवा बन्द, बैंकहरु आलोपालो खुल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २४ गते १८:३३
कावासोती : नगरपालिका र वडा कार्यालयहरुमा अत्यावश्यक बाहेक सेवा बन्द, बैंकहरु आलोपालो खुल्ने

कावासोती । कोरोनाको दोस्रो लहरमा संक्रमणको दर उच्च भएको भन्दै कावासोती नगरपालिका र नगरपालिकाका सबै वडा कार्यालयहरुमा वैशाख २६ देखि जेठ ४ गते सम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने भएका छ्न ।

शुक्रबार बसेको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैठकले नगरपालिका र नगरपालिकाका वडा कार्यालयहरुमा वैशाख २६ देखि जेठ ४ सम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने निर्णय गरेको नगर उपप्रमुख एवं विपत व्यवस्थापन समितिका संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिएका छ्न ।

त्यस्तै बैठकले नगरपालिका भित्र रहेका बैङ्कहरु आलोपालो गरेर दिनको २ घण्टा मात्रै सन्चालन गर्ने निर्णय गरेको छ । नगरभित्रका लघु वित्तहरुले कार्यालय बाटै सेवा सन्चालन गर्नु पर्ने र नियमित रुपमा गरिने घर दैलो वचत पनि बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २०७८ वैशाख २४ गते १८:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI