कोरोना संक्रमणले कावासोतीमा थप १ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २७ गते २१:५६
कोरोना संक्रमणले कावासोतीमा थप १ जनाको मृत्यु

 

कावासोती । कोरोना संक्रमणको कारणले कावासोतीमा थप एक जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका वडा नं ८ का ७६ वर्षीय पुरुषको मध्यविन्दु जिल्ला अस्पतालमा साझ ७:५० बजे मृत्यु भएको स्वास्थ कार्यालय नवलपुरले जनाएको छ ।

गत वैशाख २१ कोराना संक्रमित भएका उनी होम आईसोलेसनमा रहेका थिए । स्वास्थ्यमा समस्या आए पछि उनलाई मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याईएको थियो ।

यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको १५ संख्या पुगेको छ भने कोरोना संक्रमितले ज्यान गुमाउनेको कुल संख्या ४७ पुगेको छ ।

प्रकाशित : २०७८ वैशाख २७ गते २१:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI