मुस्लिम समुदायले आज इदुलफित्र मनाउदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३१ गते ९:५५
मुस्लिम समुदायले आज इदुलफित्र मनाउदै

रमदान अर्थात रमजान महिना सकिएको खुशियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी शुक्रबार इदुलफित्र अर्थात ईद मनाउँदैछन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोभिडका कारण घरमै बसेर ईद मनाउने भएका छन् । यसपाली कोभिड संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान पनि गरेको छ ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २ दशमलव ५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । गण्डकी प्रदेशमा शुक्रबार यसै पर्वको अवसरमा बिदा समेत दिइएको छ ।

प्रकाशित : २०७८ वैशाख ३१ गते ९:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI