गैंडाकोटमा निषेधाज्ञामा कडाई:अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २ गते १५:०१
गैंडाकोटमा निषेधाज्ञामा कडाई:अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द हुने

कोरोना भाईरस (कोभिड१९) को संक्रमण बढ्दै गएपछि गैँडाकोट नगरपालिकाले बन्दमा थप कडाई गरेको छ । भोलीराति १२ वजेदेखि जेष्ठ १० गते राति १२ वजेसम्म एक साताका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय मेयर छत्रराज पौडेलले जानकारी दिनुभयो । यसअघिका बन्द खासै प्रभावकारी नदेखिएपछि चेकब्रेक गर्नका लागि बन्दलाई थप कडाई गरिएको हो ।

आज बसेको नगर स्तरिय विपद् व्यवस्थापन समितिको बैठकले औषधी उपचार गर्न र दुध तथा पानी खरिद बिक्रि गर्न बाहेकका क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीले बताउनुभयो ।

उहाकाँ अनुसार गैँडाकोट नगरपालिकाबाट स्वास्थ्य सेवा तथा फोहोरमैला ब्यवस्थापन बाहेक अन्यसेवाहरु बन्द हुनेछन । त्यसैगरी नगरपालिका क्षेत्रभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था हप्ताको दुई दिन सोमबार र विहिबार १० बजेदेखी १२ बजेसम्म मात्रै खुल्नेछन ।

नगरपालिकाले जारी गरेको सूचना हेर्नुस ।

प्रकाशित : २०७८ जेठ २ गते १५:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI