प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ओपिडी बन्द हुने : कोरोना संक्रमितका लागि शैय्या थपिदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ३ गते १३:०८
प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ओपिडी बन्द हुने : कोरोना संक्रमितका लागि शैय्या थपिदै

कावासोती । नवलपुरको देवचुलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ओपिड(बहिरंग सेवा) जेठ ४ गते देखि बन्द हुने भएको छ ।

कोरोना संक्रमितको उपचारका लागि आवश्यक व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र र देवचुली नगरपालिकाको विषयगत समितिको बैठकको निर्णय अनुसार बहिरंग सेवा जेठ ४ गते देखि अर्को सूचना नहुदा सम्मका लागि बन्द गरिने स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख चित्रबहादुर सुनारले बताए ।

स्वास्थ्य केन्द्रमा बहिरंग सेवा बन्द गरिए पनि आकस्मिक र प्रसुती सेवा भने बन्द नगरिने सुनारले बताए । देवचुली नगरपालिकाको ५ शैय्याको कोभिड अस्पताल पनि त्यहि सन्चालन गरिएको र सोमबार थप १० शैय्या थपेर मंगलबार देखि १५ शैय्याको अस्पताल सन्चालन गर्न लागिएको पनि सुनारले बताए ।

प्रकाशित : २०७८ जेठ ३ गते १३:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI