निर्माण व्यवसायी श्रेष्ठको कोरोना संक्रमणले निधन

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ४ गते २२:३३
निर्माण व्यवसायी श्रेष्ठको कोरोना संक्रमणले निधन

कावासोती । कोरोना संक्रमणले नवलपुरमा निर्माण व्यवसायी महेन्द्र श्रेष्ठको निधन भएको छ ।

कोरोना संक्रमणका कारण चितवनको भरतपुरमा उपचाररत उनको मंगलबार साँझ मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ब्याडमिन्टटन संघको केन्द्रिय सदस्य र नवलपरासीका पुर्व जिल्ला अध्यक्ष   रहेका श्रेष्ठ संविधान सभा सदस्य जीवन श्रेष्ठका  भाइ हुन ।

प्रकाशित : २०७८ जेठ ४ गते २२:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI