गण्डकीमा चार मन्त्रीले लिए सफथ, पुरानै अनुहार दोहोरिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ५ गते १५:४१
गण्डकीमा चार मन्त्रीले लिए सफथ, पुरानै अनुहार दोहोरिए

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।
मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुखले आज ४ जनालाई सपथ खुवाएकी हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगै थप ३ मन्त्रीले सपथ ग्रहण गरेका हुन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिना विभागीय मन्त्रीका रुपमा सपथ खाएका छन् । मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने सपथमा सहभागी भएनन् । उनी काठमडौं भएकाले आउन नपाएका हुन् ।

वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गने पुन नियुक्त भएका थिए । कोरोनाले आइसोलेसनमै रहेका कारण मन्त्रिमण्डल विस्तारमा बिलम्ब भएको थियो ।

प्रकाशित : २०७८ जेठ ५ गते १५:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI