शुभबेला दुईपटक भएको यस्तो हुनेछ बिहीबारको दिन

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ६ गते ६:३६
शुभबेला दुईपटक भएको यस्तो हुनेछ बिहीबारको दिन

आजको पञ्चाङ्ग

सौरमान अनुसार आज वैशाखशुक्लपक्षको अष्टमी तिथि रहनेछ । आज मघा, विष्कुम्भादि योगमा व्याघात, करणमा बालब, आनन्दादि योगमा मुसल रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३३ घटि ५३ पला अर्थात १३ घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १४ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४८ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेषः
 मेष राशि भएकाहरूका आज पनि समय शुभ छ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्नेछ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा परेर इच्छा विपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । होसियारीसाथ काममा जुट्नुहोला। शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन् । सामाजिक कामको जिम्मेवारी बढ्नेछ । फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ । एकान्त वास र एकाग्र चिन्तनमा मन रमाउनेछ । टाढिएका आफन्त नजिकिनेछन् । घरायसी काममा समय बित्नेछ ।

कर्कटः कर्कट राशिका लागि आज भने समय शुभ छ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईस्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ढिलो गरी प्रारम्भ भए पनि पनि प्रतिष्ठित काम गर्ने मौका छ ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज पनि समय राम्रो छैन । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । दोहोर्याएर प्रयत्न गर्दा भने काम बन्न सक्नेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रो रहनेछ । सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज पनि समय राम्रो छैन । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल पनि प्रभावित हुन सक्छ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न समय लाग्नेछ । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र आफ्ना काम पूरा नहुन सक्छन् । तापनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । छर–छिमेकमा केही असमझदारी बढ्न सक्हुनछ । सतर्क हुनुहोला ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय राम्रो छ । समय लागे पनि आँटेको काम सम्पादन हुनेछ । नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । नोकरी तथा पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरूले साथ दिनाले चिताएका काम बन्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

धनुः धनु राशिका लागि आज पनि समय मध्यम खालको रहनेछ । धेरै श्रम परे पनि तत्काललाई कम मूल्य पाइएला । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेशाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।

मकरः मकर राशि भएकाहरूका लागि आज पनि समय भरपर्दोे रहनेछैन । लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हडबडीले घर व्यवहारमा समस्या निम्त्याउनेछ । तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

कुम्भः कुम्भ राशिका लागि आज पनि समय राम्रा छैनन् । आम्दानीका स्रोत सबल देखिए पनि काममा खर्च बढ्नेछ । नपुग रकम कर्जामार्फत जुटाउनुपर्ला । श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । आँटेको काममा अरूको मुख ताक्नाले सोचेको प्रतिफल हातलागी नहुन सक्छ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय र स्वास्थ्य राम्रो रहनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएलाख । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ ।

साइतः आज चन्द्रमा सिंह राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ५ः१४ बजेदेखि         ६ः५५ बजेसम्म         शुभ बेला
बिहान ६ः५५ बजेदेखि         ८ः३७ बजेसम्म         रोग बेला
बिहान ८ः३७ बजेदेखि         १०ः१८ बजेसम्म        उद्धेग बेला
बिहान १०ः१८ बजेदेखि        १२ः०० बजेसम्म       चर बेला
बिहान १२ः०० बजेदेखि        १ः४१ बजेसम्म        लाभ बेला
दिनमा १ः४१ बजेदेखि         ३ः२३ बजेसम्म         अमृत बेला
दिनमा ३ः२३ बजेदेखि         ५ः०४ बजेसम्म         काल बेला
दिउँसो ५ः०४ बजेदेखि        ६ः४६ बजेसम्म         शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रकाशित : २०७८ जेठ ६ गते ६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI