गैंडाकोटमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ९ गते ८:४७
गैंडाकोटमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी घाईते

गैँडाकाट । पूर्वि नवलपरासीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी घाईते भएका छन् ।

गैँडाकोट नगरपालिका वडा नं. १ बृटिसक्याम्पमा ६३ वर्षका हर्कबहादुर राईले ४७ वर्षीया श्रीमती धनकुमारी राई र १४ वर्षीया छोरी अनुष्का राईमाथी खुर्पा प्रहार गरेका हुन् ।

खुर्पा प्रहारबाट घाईते भएका आमा छोरीको चितवन मेकिडल कलेज भरतपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक लक्ष्मी पाण्डेले बताउनु भयो ।

खुर्पा प्रहार गर्ने हर्कबहादुर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७८ जेठ ९ गते ८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI