गैंडाकोटका रोगी तथा बिप्पन्न परिवारलाइ लक्ष्मी फाउन्डेसनद्वारा ६०० डोज औषधि वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ९ गते १५:५८
गैंडाकोटका रोगी तथा बिप्पन्न परिवारलाइ लक्ष्मी फाउन्डेसनद्वारा ६०० डोज औषधि वितरण

सुजन अधिकारी/गैंडाकोट
पछिल्लो समय जिल्लाको गैंडाकोट नगरपालिकामा कोभिडको बढी प्रकोप रहेको भन्दै गैंडाकोट मा रहेको लक्ष्मी हेल्थ फाउन्डेसनले कोभिड नियन्त्रण र रोगथामका लागि भन्दै ६०० डोज रोग प्रतिरोधात्मक औषधि बितरण गरेको छ ।

रोजगारीको सिलसिलामा मलेशिया रहेका युवाहरूले लक्ष्मी फाउन्डेसन मार्फत उक्त परिणामको औषधि नगरपालिका भित्रका वडा नम्बर २,३,४ र ५ का वडा अध्यक्ष हरुलाइ आज एक कार्यक्रमका बिच प्रत्येक वडालाइ १५० डोजका दरले बितरण गरेको समाज सेवि एवं फाउन्डेसनका सहयोगी शंकार आचार्यले बताएका छन । आचार्यका अनुसार, रोगसँग लड्न सक्ने क्षमता बढाउन खाइने vitamin D3, vitamin C, र Zinc Table औषधि विभिन्न समयमा खान सकिने गरि तालिका सहित बितरण गरेको बताएका छन् ।

गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलले कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै उचित विकल्पका रुपमा भिटामिन युक्त औषधिलाई उपयुक्त मानिएको र आफ्नो वडाका अति बिपन्न र जेष्ठ नागरिक हरु लाई यो औषधि बितरण गरिने बताउदै लक्ष्मी फाउन्डेसन लाई धन्यवाद दिएका थिए ।

“जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, उसले भाइरसलाई हराउने सम्भावना अधिक हुने गरेको जो कमजोर छ उसलाई भाइरसले धेरै गलाउन सक्ने र ज्यानै जाने जोखिम रहेकाले कोभिडबाट मात्र होइन, सबै खाले स्वास्थ्य समस्याबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु जरूरी रहेको मा आफ्नो वडामा आएर यसरी प्रतिरोधात्मक औषधि बितरण गरेको मा वडा नम्बर २ का अध्यक्ष धुर्वराम पौडेलले फाउन्डेसन लाई धन्यवाद दिए । तेस्तै वडा नम्बर ३ का वडा अध्यक्ष शिव कान्त तिवारी वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद नेउपानेले समेत फाउन्डेसनले गरेको सामाजिक काम को प्रसंशा गर्दै धन्यवाद दिएका थिए।

फाउन्डेसन को स्थापन देखिनै विभिन्न सामाजिक क्षेत्रमा कामहरू गर्दै आएको र यो महामारीको बेलामा समेत गैंडाकोट नगरपालिका का केही वडामा आफुहरुले सहयोग गर्न पाउँदा खुशी लागेको फाउन्डेसन का अध्यक्ष नारायण अधिकारीले मलेसिया बाट बताएका छन् ।

प्रकाशित : २०७८ जेठ ९ गते १५:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI