माधव नेपालसहित ११ सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १० गते १९:५१
माधव नेपालसहित ११ सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही

काठमाडौं । नेकपा एमालेले नेता खनाल–नेपाल समूहका ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए । बैठक जारी छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गरेको हो ।

एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही अनुसार आइतबार २४ घण्टाको म्याद दिएर स्पष्टीकरण सोधे पनि उक्त समूहले स्पष्टीकरण भने दिएन ।

प्रकाशित : २०७८ जेठ १० गते १९:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI