शनिवारदेखि हराएका कोल्हुवाका पन्थी सोमवार मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १० गते २२:२७
शनिवारदेखि हराएका कोल्हुवाका पन्थी सोमवार मृत फेला

खगेन्द्र पराजुली/नवलपुर ।

शनिवार रातीदेखि हराईरहेका भनिएका कोल्हुवाका एक पुरुष मृत फेला परेका छन् । नवलपुरको मध्यबिन्दु नगरपालिका वार्ड नः ३ चौराहाका मनिराम पन्थीको शव सोमवार साँझ नारायणी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी एव. डिएसपी दिलीपकुमार गिरीका अनुसार सोमवार साँझ मध्यबिन्दु नगरपालिका वडा नं. ३ रतनपुर स्थित नारायणी नदी किनारमा पानीमा घोप्टो परेको अवस्थामा ती पुरुषको शव फेला परेको हो । डिएसपी गिरीका अनुसार शरीरमा बाहिरी चोट नदेखिएको तर शरीर सुन्निएको अवस्थामा शव भेटिएको हो ।

घटनास्थलको प्रकृति मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाईएको छ । घटनाका बारेमा पोष्टमार्टम रिपोर्टले थप पुष्टि गर्ने भएपनि प्रहरीले अनुसन्धान जारी राखेको जनाईएको छ ।

शनिवार रातीेदेखि पन्थी सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन भन्दै बिभिन्न सञ्चारमाध्यममार्फत आग्रह गरेका थिए ।

प्रकाशित : २०७८ जेठ १० गते २२:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI