नवलपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १२ गते ९:११
नवलपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु

कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ की ६५ बर्षिय महिलाको उपचारको क्रममा चितवन मेेेेडिकल कलेज भरतपुरमा सोमबार  मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

मृतक महिलाको जेठ ६ गते बुटवलको नेशनल प्याथोलेजिमा स्वाब परिक्षण गर्दा पोजेटिभ नतिजा आएको र उपचारका लागी सोमबार भरतपुर लगिएको थियो ।

यो सँगै विनयी त्रिवेणी गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यस्तै जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ भने कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या  ३५ पुगेको हो ।

प्रकाशित : २०७८ जेठ १२ गते ९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI