गैंडाकोटमा थप २ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १२ गते ९:५४
गैंडाकोटमा थप २ जना कोरोना संक्रमितको मृत्यु

कावासोती । नवलपुरको गैंडाकोटमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गैडाकाेट-१० निवासि ६४ बर्षकि महिलाकाे जेठ १० गते बिहान ११.३० बजे उपचारकाे क्रममा सि एम सि भरतपुरमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भए सँगै चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै गैडाकाेट-५ कि ४० वर्षीय महिलाकाे जेठ ११ गते दिनकाे १२.४५ बजे उपचारकाे क्रममा भरतपुर अस्पताल भरतपुरमा निधन स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । उनलाई गत जेठ ७ गते भरतपुर अस्पतलमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गैंडाकोटमा बैशाख यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यस्तै नवलपुरमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ भने बैशाख यता मात्रै पनि ३७ पुगेको छ ।

 

प्रकाशित : २०७८ जेठ १२ गते ९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI