नवलपुरमा १८३ जनाको स्वाब परीक्षण गर्दा ९५ जनामा संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १९ गते १७:५९
नवलपुरमा १८३ जनाको स्वाब परीक्षण गर्दा ९५ जनामा संक्रमण

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा १८३ जनाको स्वाब परीक्षण गर्दा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा गैंडाकोटमा १९ जना, देवचुलीमा ६ जना, कावासोतीमा ३७ जना, मध्यविन्दुमा ९ जना, विनयी त्रिवेणिमा १९ जना, बुलिङ्गटारमा ४ र जिल्ला बाहिरको १ सहित ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका ९५ जना सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८९५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण जिल्लामा
२ जनाको मृत्यु भए सँगै गत २०७८ वैशाख १ गते देखि हाल सम्म मृत्यु हुनेको संख्या ५१ पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित : २०७८ जेठ १९ गते १७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI