विनयी त्रिवेणीका तीन जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २३ गते १४:१५
विनयी त्रिवेणीका तीन जना कोरोना संक्रमितको मृत्यु

नवलपुर– नवलपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका– २ का दुई जना र वडा नं. ५ का एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रवार एक जना, शनिवार एक जना र आज आईतवार एक जनाको मृत्यु भएको बिभिन्न अस्पतालले आज मात्रै जानकारी गराएको हो ।

मृत्यु पुष्टि हुनेमा विनयी त्रिवेणी वडा नं. २ का ७८ वर्षका पुरुष र ४५ वर्षकी महिला तथा वडा नं. ५ का ३६ बर्षीय पुरुष छन् । वडा नं. ५ का ३६ बर्षका पुरुषको आज आईतवार चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । जेठ १० गते मध्यविन्दु जिल्ला अस्पतालमा पिसीआर परिक्षण गराउँदा ति पुरुषको कोभिड पोजेटिभ रिपोर्ट आएको थियो ।

यस्तै, जेठ २० गते भरतपुरको चितवन मेडिकल कलेजमै भएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएकी विनयी त्रिवेणी २ की ४५ बर्षकी महिलाको शनिवार साँझ सवा ६ वजे सोही अस्पतालमा मृत्यु भएको हो भने चितवन मेडिकल कलेजमै जेठ १८ गते कोभिड पुष्टि भएका बिनयी त्रिवेणी २ का ७८ बर्षीय बृद्धको शुक्रवार अस्पतालमै मृत्यु भएको हो ।

यो सँगै नवलपुरमा बैशाखयता ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म जिल्लामा ८९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

प्रकाशित : २०७८ जेठ २३ गते १४:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI