दक्षिण कोरियाका नेपालीले मध्यविन्दु जिल्ला अस्पताललाई पठाए ८ वटा आइसियू बेड

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २५ गते १४:२३
दक्षिण कोरियाका नेपालीले मध्यविन्दु जिल्ला अस्पताललाई पठाए ८ वटा आइसियू बेड

कावासोती । दक्षिण कोरियामा रहेका पूर्वी नवलपरासीका युवाहरुले कोरोनावाट जिल्लावासीलाई जोगाउन ८ वटा आइसियू बेड पठाएका छन ।

कावासोतीमा रहेको जिल्ला अस्पतालमा करिब ६ लाख मुख्य बराबरको आइसियू बेड मंगलवार एक समारोहका बिच हस्तान्तरण गरिएको हो । अस्पताल हातामा मंगलवार आयोजित एक कार्यक्रममा नवलपुर समाज दक्षिण कोरियाका संस्थापक सचिव हेमराज चापागाईले यहाका निर्वतमान संघिय सांसद तिलक महत मार्फत ति ८ वटा बेड अस्पताललाई हस्तान्तरण गरेका हुन । सांसद महतले नेपालीको स्वास्थ्य जोगाउन बिदेशमा रहेका नेपालीको सहयोग अनुकरणीय रहेको भन्दै ति सबैलाई धन्यवाद दिए । सांसद महतते ५० सैयाको अनुमती प्राप्त गरेको अस्पतालाई चाडै एक सय बेडको संचालन अनुमति दिलाउन आफुले प्रयास गरिरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अस्पताल बिकास समितिका पूर्व अध्यक्ष महेन्द्र पोख्रेलले आफु अध्यक्ष हुदा जर्मनीको हिल्फे भन्ने संस्थाले १२ करोड सहयोग गर्ने सम्झौता गरेको र त्यसै अनसार अस्पतालले गति लिएको स्मरण गरे । उनले सबैको सहयोगवाट अस्पतालको स्तरोन्नती गर्न पर्नेमा जोड दिए ।

जिल्ला अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा बीर बहादुर थापाले ति सबै बेड आइसियू कक्षमा प्रयोग गर्ने स्तरका रहेको जानकारी दिए । जिल्ला अस्पताल ५० सैयाको संचालन अनुमती पाएको छ । दरबन्दि अनुसारका चिकित्सक ब्यबस्थापन गरेर अस्पतालले आइसियू र भेनिटलेटर सेवा शुरु गर्न खोजेकै अबस्थामा कोरियामा रहेका नेपालीले उच्च गुणस्तरको ८ वटा बेड अस्पताललाई दिएका हुन ।

दक्षिण कोरियामा पूर्वी नवलपरासीका ४ सय भन्दा बढि युवाहरु रोजगारीमा रहेका छन । उनिहरुले संकलन गरेर पठाएको पैसाले ति बेड खरिद गरेर अस्पताललाई दिइएको हो । त्यहाका नेपालीले यस अघिपनि यहाका बिभिन्न संघसंस्थालाई सहयोग गरेका थिए ।

प्रकाशित : २०७८ जेठ २५ गते १४:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI