मुख्यमन्त्री नेपालीको पहिलो निर्णय : महिलाको स्तन, पाठेघरकोमुख र पाठेघरको क्यान्सरको उपचार नि:शुल्क

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २९ गते २१:४०
मुख्यमन्त्री नेपालीको पहिलो निर्णय : महिलाको स्तन, पाठेघरकोमुख र पाठेघरको क्यान्सरको उपचार नि:शुल्क

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेलगत्तै दुईवटा निर्णयहरु गरेका छन् ।

शनिबार बेलुका उनले मनसुन सुरु भएसँगै विपद बाट  हुन सक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् । यस्तै, महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

शनिबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले आफूलाई सहयोग गर्ने दल र प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिए ।

यस्तै, उनले प्रदेशको समग्र विकास आफ्नो ध्यानकेन्द्रित हुने पनि बताए । “प्रदेशको समग्र विकासका लागि अघि बढ्ने अठोट गरेका छौँ,” उनले भने ।

 

प्रकाशित : २०७८ जेठ २९ गते २१:४०
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI