अमृतबेला दुईपटक भएको यस्तो हुनेछ सोमबारको दिन

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ३१ गते ६:५६
अमृतबेला दुईपटक भएको यस्तो हुनेछ सोमबारको दिन

आजको पञ्चाङ्ग
आज मिति २०७८ ज्येष्ठ ३१ गते सोमबार, इस्वीसंवत जुन १५ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठशुक्लपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको चतुर्थी तिथि रहनेछ । आज तिष्य नक्षत्र, विष्कुम्भादि योगमा ध्रुव, करणमा वणिज, आनन्दादि योगमा धाता रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३१ पला अर्थात १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५९ मिनेटमा हुनेछ । आज विश्व रक्तदाता दिवस ।

आजको राशिफल
मेषः
 मेष राशि भएकाहरूका आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुँन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादीहरू हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ । प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेको छ ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ । बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज पनि समय त्यत्ति शुभ छैन । आत्मिय मित्रका सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानि नहुदा दैनिक खर्च जुटाउन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानिका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कटः आज कर्कट राशिका लागि आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुनालेकामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभुति हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज पनि समय खराब छ । बिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बडीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अबिश्वासको बाताबरण सिर्जना हुनेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रै छ । बिभिन्न अबसरहरु आउने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसियाली छाउनेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । दाजुभाइ तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महशुस हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनुः धनु राशिका लागि आज पनि समय राम्रै रहने छैन । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्याहरु स्वतस् ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ ।

मकरः मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । बिभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ । मध्यान्हपछि लामो दुरीको बिदेश यात्राको तय हुनेछ भने खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कुम्भः कुम्भ राशिका लागि आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुखि बनाउँनेछ । व्यापार व्यवसायमा नाँफा कमाउँन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग अनावश्यक विवाद हुनसक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

साइतः आज चन्द्रमा कर्कट राशिमा छन् । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ५ः०७ बजेदेखि         ६ः५१ बजेसम्म         अमृत बेला
बिहान ६ः५१ बजेदेखि         ८ः३५ बजेसम्म         काल बेला
बिहान ८ः३५ बजेदेखि         १०ः२० बजेसम्म       शुभ बेला
बिहान १०ः२० बजेदेखि        १२ः०४ बजेसम्म       रोग बेला
बिहान १२ः०४ बजेदेखि        १ः४८ बजेसम्म        उद्धेग बेला
दिनमा १ः४८ बजेदेखि         ३ः३२ बजेसम्म         चर बेला
दिनमा ३ः३२ बजेदेखि         ५ः१६ बजेसम्म         लाभ बेला
दिउँसो ५ः१६ बजेदेखि        ७ः०० बजेसम्म         अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रकाशित : २०७८ जेठ ३१ गते ६:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI