सिन्धुपाल्चोकमा भीषण बाढी, मेलम्ची बजारमा ठूलो क्षति

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २ गते ६:२१
सिन्धुपाल्चोकमा भीषण बाढी, मेलम्ची बजारमा ठूलो क्षति

काठमाडौं । सिन्धुपाल्चोकको पश्चिमउत्तर क्षेत्रमा भीषण बाढी आएको छ । बाढीका कारण उत्तरी सिन्धुपाल्चोका मेलम्ची तटीय बजारहरू बगरमा परिणत भएको छ । चनौटे, ग्याल्थुम सेरालगायत मेलम्ची तटीय क्षेत्र र इन्द्रावती तटीय क्षेत्रमा व्यापक क्षती पुगेको स्थानीयले बताएका छन् ।

इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्चीको तल्लो बजार क्षेत्र पूर्णरूपमा नष्ट भएको स्थानीयले बताएका छन् । मेलम्ची नवलपुर जोड्ने पक्की पुल समेत इन्द्रावती नदीले बगाएको स्थानीय बासीले बताएका छन् ।

“आमा ह्याल्मो बसपार्क, साना टहराहरू, झोलुङ्गे पुल लगायतका संरचनाहरू पूर्णरूपमा ध्वस्त भएका छन् । यस्तो बाढी हामीले कहिल्यै देखेका थिएनौँ,” बाढीग्रस्त क्षेत्रका स्थानीयबासीले जानकारी दिएका छन् ।

अहिले मेलम्ची नदी थनिएको समेत स्थानीयबासीले बताएका छन् । अहिले इन्द्रावती नदीले मात्रै विध्वंश मच्चाइरहेको छ ।

 

प्रकाशित : २०७८ असार २ गते ६:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI