स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १९ गते २:४९
स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा

स्पेन १६ औंँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।

स्पेनले पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पेनाल्टीमा स्पेनका डेनी ओल्मो, ग्रान्ड मोरेनो र मिकेल ओल्जाबर्गले गोल गर्दा सर्जियो बुस्केटले गोल गर्न चुकेका थिए ।

स्विट्जरल्यान्डका लागि मारियो गारोगेन्भिकले गोल गर्दा फावियन साचार, मेनियोल अन्कान्जि, रुवेन भार्गासले गोल गर्न सकेनन् ।

यसअघि निर्धारित समयमा सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्पेनले खेलको आठौँ मिनेटमा आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।

स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।  यता स्विजरल्यान्डका लागि सेर्डान साकिरीले ६८ औँ मिनेटमा गोल गर्दै टिमलाई बराबरी गोल गरेका हुन् ।

खेलकाे ७७ औँ  मिनेटमा रेमाे फ्रेउलरले राताे कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएकाे थियाे । त्यसपछि स्विट्जरल्यान्डकाे लय बिग्रिएकाे थियाे । तर, स्विट्जरल्यान्डका गाेल किपर यान साेम्मरले उत्कृष्ट बचाउ गरेपछि खेल पेनाल्टीसम्म पुगेकाे थियाे ।

प्रकाशित : २०७८ असार १९ गते २:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI