No ads found for this position

बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १९ गते २:५३
No ads found for this position
बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा
No ads found for this position

फिफा बरीतयाको शीर्ष स्थानको बेल्जियमलाई पराजित गर्दै इटाली १६ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलको दोस्रो खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै इटालीले सेमिफाइनलमा स्थान बनाएको हो ।

जर्मनीकोे एलिनाज स्टेडियममा भएको खेलमा इटालीलाई जित दिलाउन निकोलो बरेलाले र लोरेन्जो इन्सिन्गेले एक–एक गोल गरे । उता बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल फर्काए ।

इटालीका लागि खेलको ३१ औँ मिनेटमा निकोलो बरेलाले गोलगर्दै टिमलाई अग्रता दिलाए । ४४ औँ मिनेटमा लोरेन्जो इन्सिन्गेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयमा बल्जियमले पेनाल्टी पायो । बेल्जियमका लागि रोमेलु लुकाकुले गोल फर्काउपनि टिमको हार भने टार्न सकेनन् ।  जितसँगै इटालीले सेमिफाइनलमा स्थान बनाएको छ ।

यता बेल्जियम भने प्रतियोगिताबाट बाहिरिएको छ । इटालीले अब सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने छ।

 

 

प्रकाशित : २०७८ असार १९ गते २:५३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI