युरोकप : आज क्वाटरफाइनलका अन्तिम दुई खेल

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १९ गते १६:३९
युरोकप : आज क्वाटरफाइनलका अन्तिम दुई खेल

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् । आज क्वाटरफायलनका अन्तिम दुई खेल हुन लागेको हो ।

आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्न लागेका हुन् । ओलम्पिक स्टेडियममा हुने चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । चेक रिपब्लिक अन्तिम १६ मा नेदरयान्ड्सलाई हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रोपटक भिड्न लागेका हुन् । यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो ।

आज नै हुने दोस्रो खेलमा युक्रेन र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । इङ्ल्यान्ड प्रतियोगिताको उपाधि दावेदार टोली हो । इटालीको रोमामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेलमा दुबै टोलीको लक्ष्य जित हो ।

इङ्ल्यान्ड जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । इङ्ल्यान्डले प्रि–क्वाटरफाइनलमा सर्वाधिक सफल टोलीलाई हराएको थियो । यता, युक्रेनले भने स्विडेनलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । इङ्ल्यान्ड र युक्रेनबिच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इङ्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ ।

प्रकाशित : २०७८ असार १९ गते १६:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI