चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकपको सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २० गते ०:३९
चेक रिपब्लिकलाई  पराजित गर्दै डेनमार्क युरोकपको सेमिफाइनलमा

काठमाडौं । डेनमार्क १६औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो ।

बाकु ओलम्पिक स्टेडियममा डेनमार्कलाई जित दिलाउन थोमस डेलने र कास्पर्क डोबर्गले एक/एक गोल गरे । चेक रिपब्लिकका लागि प्यार्टिक सेकले एक गोल फर्काए ।

डेनमार्कले खेलको पाँचौँ मिनेटमा नै अग्रता बनाएको थियो । थोमस डेलनेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा कास्पर्क डोबर्गले लागि गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए ।

चेक रिपब्लिकका लागि सिकले ४९औँ मिनेटमा गोल गरे पनि टिमको हारलाई टार्न सकेनन् ।

जितसँगै डेनमार्क सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । अब डेनमार्कले अन्तिम क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ ।

प्रकाशित : २०७८ असार २० गते ०:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI