खेत जोत्नेक्रममा ट्रयाक्टरले च्यापिएर न्यौपानेको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २३ गते १९:३३
खेत जोत्नेक्रममा ट्रयाक्टरले च्यापिएर न्यौपानेको मृत्यु

चितवन । पश्चिम चितवनमा खेत जोत्नेक्रममा वनटेष्ट नम्बरको ट्रयाक्टरले च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ट्रयाक्टर चालक टीकाराम न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति ११ः१५ बजेको समयमा भरतपुर महानगरपालिका-२५, खद्रौलीका स्थानीय रमेश सुवेदीको खेत जोत्नेक्रममा अचानक ट्याक्टर पल्टिँदा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटना हुनासाथ इलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटिएको प्रहरी टोली र जेसिबीको सहायताबाट बाहिर निकाले पनि निजको मृत्यु भइसकेको थियो । घटनास्थलबाट शवको मुचुल्का गरी पोस्ट मार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ असार २३ गते १९:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI