गैँडाकोट ५ का एक किशोर नारायणी नदीमा बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २४ गते १६:२६
गैँडाकोट ५ का एक किशोर नारायणी नदीमा बेपत्ता

गैँडाकोट । गैँडाकोट ५ का एक किशोर नारायणी नदीमा बेपत्ता भएका छन् ।

गैँडाकोट कालिगण्डकी चोक पुरानो हाट बजार नजिक घर भई जनक मावीबाट एसईई दिएका १६ वर्षिय प्रशान्त घिमिरे हिजोदेखि नारायणी नदीमा बेपत्ता भएका हुन । गैँडाकोटमा घर भएका उनि मामाघर भरतपुरको ठिमुरा गएका थिए । ठिमुरामा नै रहँदा साथीसँग नारायणी नदीमा पौडी खेल्न गएका उनलाई सवा ५ बजे को समयमा नारायणी नदीले बगाएको जनक मावीका प्रधानाध्यापक चुडामणि शर्मा कंडेलले जानकारी दिनुभयो । साथीहरुले बाहिर निकाल्न खोज्दा पनि नसकेको बताएको उहाँले जानकारी दिनुभयो ।

४ जना साथीहरु मध्ये २ जनालाई बगाएको र १ जनालाई छालले किनारमा हुत्याईदिएको स्थानीयलाई उद्धृत गर्दै सोही विद्यालयका शिक्षक लिलाधर कंडेलले जानकारी दिनुभयो । उनको अहिले पनि खोजी कार्य भईरहेको उहाँले जानकारी दिनुभयो । पानी परिरहेका कारण खोजीमा समस्या भईरहेको जनाईएको छ ।

प्रकाशित : २०७८ असार २४ गते १६:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI