बाढी आएको २६ दिनपछि प्रधानमन्त्री सिन्धुपाल्चोक जाँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २६ गते ११:०५
बाढी आएको २६ दिनपछि प्रधानमन्त्री सिन्धुपाल्चोक जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन्  । बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जान लागेका हुन् । बाढी आएको २६ दिनपछि उनी प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी–पहिरो प्रभावित क्षेत्रमा पुग्ने छन् ।

प्रधानमन्त्रीले बाढी–पहिरो प्रभावित मेलम्ची र हेलम्बुका नागरिकसँग अन्तक्रिया गर्ने कार्यक्रम रहेको उनका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

प्रकाशित : २०७८ असार २६ गते ११:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI