कांग्रेस महाधिवेशन : नवलपुर क्षेत्र नं १ को नेतृत्वको लागी युवा नेताहरु मैदानमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २६ गते १९:५०
कांग्रेस महाधिवेशन : नवलपुर क्षेत्र नं १ को नेतृत्वको लागी युवा नेताहरु मैदानमा

राजु चापागाई(राज)/कावासोती ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जादाँ राज्य संघिय संरचनामा गए पछि कान्छो जिल्लाको रुपमा पहिचान बनाएको नवलपुरको कांग्रेस वृतमा पनि यति बेला दौडधुप बढन थालेको छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोईरालाको निर्वाचन क्षेत्र रहेको नवलपुर क्षेत्र नं १ को बागडोर कस्ले हाँक्ला , भन्ने विषय जिल्लामा यति बेला चर्चाको बिषय बनेको छ । सभापतिका उम्मेदवार बन्न इच्छुक नेताहरुले आधिकारीक रुपमा उम्मेदवारी घोषणा नगरे पनि क्षेत्रका केहि नयाँ र पुराना नेताहरुको नाम यतिबेला नवलपुर क्षेत्र नं १ को सभापतिको उमेदवारको रुपमा चर्चा चल्न सुरु गरेको छ ।

जिल्लाको क्षेत्र नं १ मा अधिवेशनको चर्चा चलिरहदा क्षेत्रको नेतृत्व हत्याउन युवा पुस्ताको आकषर्ण देखिन्छ । क्षेत्र नं १ को नेतृत्वका लागी क्षेत्र नं १ का साविक सभापति द्रोण वन सन्यासी , काग्रेसं जिल्ला सदस्यहरु होमराज रानाभाट , कमल पराजुली, तरुणदलका पूर्व केन्द्रयि सदस्य अमृत भटटचन र नेविसंघ पूर्व केन्द्रिय सदस्य अशोक बस्ताकोटीले क्षेत्र नं १ को सभापतिका लागी उम्मेदवारी दिने नवलपुर टाईम्सलाई बताए ।

क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरु मध्य होमराज रानाभाट र अमृत भटटचन वरिष्ठ नेता रामचन्द्र पौडल निकट, द्रोण वन सन्यासी र कमल पराजुली महामन्त्री कोईराला निकट र अशोक बस्ताकोटी सभापती शेरबहादुर देउवा निकट मानिन्छन ।
नवलपुर क्षेत्र नं १ महामन्त्री कोईरालाको निर्वाचन क्षेत्र भएकाले पनि नवलपुरमा यो क्षेत्रको नेतृत्व कस्ले लिने भन्न्ृो विषयले जिल्लामा राम्रै चर्चा पाएको छ । महामन्त्री काईरालाको क्षेत्र भएकाले पनि सर्वसम्मतको पहल कोईरालाले लिनु पर्ने दबाब कोईरालालाई हुनेछ ।

प्रकाशित : २०७८ असार २६ गते १९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI