कोरोना जोखिममा बालबालिका

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २७ गते ६:३९
कोरोना जोखिममा बालबालिका

काठमाडौंँ। बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ। बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको सुझाव छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ।

प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ। शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन्।

नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए। दोस्रो भेरियन्टमा बालबालिका सङ्क्रमित र मृत्यु हुने सङ्ख्या बढेपछि चिन्ता बढेको छ । बालबालिकालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक अस्पताललाई कुल शøयाको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिइसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पछिल्ला भेरियन्टमा बालबालिका बढी जोखिममा रहेको बताउँछन्। उनले बालबालिका कोरोनाको उच्च जोखिममा रहेकाले अस्पताललाई २० प्रतिशत शøया बालबालिकाको उपचारका लागि छुट्याउन यसअघि नै निर्देशन दिइसकेको बताए।

वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी चौधरीले नेपालमा बालबालिकालाई कोरोनाको जोखिम उच्च रहेको जानकारी दिँदै अहिले पनि देशभर दैनिक सयभन्दा बढी बालबालिका सङ्क्रमणमा परेको बताए। उनले बालबालिकालाई कोरोना सङ्क्रमणबाट जोगाउन अविभावकको महìवपूर्ण भूमिका रहने भन्दै बाबुआमाले बालबालिकाको स्वास्थ्यबारे ध्यान दिनुपर्ने सुझाव दिए।

डा. चौधरीले पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमणको महामारी बढिरहेको बताए। यसभन्दा अघि कोरोनाको पहिलो लहरमा नेपालमा खासै बालबालिकामा कोरोनाको सङ्क्रमण बढी थिएन भन्दै डा. चौधरीले भने, “कोरोनाको दोस्रो लहरमा भने बालबालिका तथा युवा बढी सङ्क्रमणमा पर्ने र जटिलता पनि बढी देखिएको छ।”

कोरोनाको तेस्रो लहरमा बालबालिकामा सङ्क्रमण भयावह हुने भएकाले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए। साना–साना बालबालिका आफूले बोलेर के भएको छ भन्नेसमेत बताउन नसक्दा उनीहरूको उपचारमा ढिलाइ हुँदा समस्या हुने उनको भनाइ छ। साना बालबालिकाले मास्क प्रयोग गर्न नमान्ने भएकाले उनीहरूलाई अरूबाट हुने सङ्क्रमणबाट जोगाउन कठिन हुने भन्दै अभिभावकले बालबालिका बचाउन ध्यान दिनुपर्ने बताए। गाेरखापत्र दैनिकबाट

प्रकाशित : २०७८ असार २७ गते ६:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI