काँग्रेसले बालुवाटारमा पार्टीको बैठक नगर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ७ गते १७:५९
काँग्रेसले बालुवाटारमा पार्टीको बैठक नगर्ने

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई आफ्नो पार्टीको बैठक स्थल नबनाउने भएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले विगतको परम्परालाई तोड्दै अबदेखि बालुवाटारलाई पार्टीको बैठक स्थल नबनाइने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन् ।

उनले भोलि ८ गते प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक डाकिएकोसमेत भनेका छन् ।

काँग्रेसले भोलि बोलाइएको पदाधिकारी बैठकमार्फत पार्टीको १४औँ महाधिवेशनको कार्य तालिकालाई संशोधन गर्ने बताइएको छ ।

यस्तै क्रियाशील सदस्यताका विषयमा देखिएको विवादका बारेमा समेत काँग्रेसले भोलिको पदाधिकारी बैठकबाट नै टुङ्गो लगाउने नेताहरूले बताएका छन् । काँग्रेसको पदाधिकारी बैठक १ साउनमा बालुवाटारमा बस्दा चौतर्फी विरोध भएको थियो ।

प्रकाशित : २०७८ साउन ७ गते १७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI