गैंडाकोट काङ्ग्रेस : नगर सभापतिमा ५ जनाको दाबी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ८ गते १३:०५
गैंडाकोट काङ्ग्रेस : नगर सभापतिमा ५ जनाको दाबी

कावासोती । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जादाँ राज्य संघिय संरचनामा गए पछि कान्छो जिल्लाको रुपमा पहिचान बनाएको नवलपुरको कांग्रेस वृतमा पनि यति बेला दौडधुप बढन थालेको छ ।

नवलपुरमा नेपाली काङ्ग्रेसको सबै भन्दा धेरै क्रियाशिल सदस्य भएको गैंडाकोट नगरपालिकाको सभापतीमा ५ जना नेताहरुले नेतृत्वको आकांक्षा देखाए सँगै नगरमा अधिवेशनको सरगर्मी बढेको छ । प्यानल गत रुपमा औपचारिक उम्मेदवारी घोषणा नगरे पनि सभापतिका आकांक्षीहरुले भने कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छ्न ।

आगामी अधिवेशनबाट काङ्ग्रेस गैंडाकोटको सभापति पदका लागि वर्तमान नगर सभापति तारापती खरेल्ले नगरसभापतीमा नदोहिरिने बताए सँगै नगरमा नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो ।

नवलपुर टाइम्स सँगको कुराकानीमा नेपाली काङ्ग्रेस प्रशिक्षण विभाग नवलपुरका सदस्य एवं नेविसंघ पुर्व जिल्ला उपाध्यक्ष बद्री सापकोटा , सामुदायिक वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष एवं तरुण दल गैंडाकोटका पुर्व सभापति खगराज सापकोटा , नेपाली काङ्ग्रेस प्रशिक्षण विभाग नवलपुरका सदस्य खेम सापकोटा, वर्तमान नगर सचिव मुकुन्द पौडेल र साबिक गैंडाकोट गा.वि.स काङ्ग्रेसका सचिव दाताराम घिमिरेले नगरसभापतीमा आफ्नो दावी रहने बताए ।

काङ्ग्रेसको पकड क्षेत्र भनिने गरेको गैंडाकोटमा गत स्थानीय निर्वाचनमा आन्तरिक किचलोको कारण काङ्ग्रेसले नगरप्रमुख पद गुमाएको थियो । काङ्ग्रेस गैंडाकोटको अबको नेतृत्व काङ्ग्रेसको गुमेको विरासत फर्काउन सक्ने सक्षम हुनु पर्ने गैंडाकोट काङ्ग्रेसका कार्यकर्ताहरु बताउछ्न । गैंडाकोट नगरपालिका महामन्त्री डाक्टर शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्द्छ ।

गैंडाकोट नगरपालिकामा काङ्ग्रेसको नयाँ २३०५ र नविकरण भएको २२४२ सहित कुल ४५४७ क्रियाशिल सदस्य रहेको छ । काङ्ग्रेसमा नगर सभापती सहित नगर कार्यसमिति क्रियाशिल सदस्यले प्रत्यक्ष मतदान गरेर चयन गर्ने व्यवस्था रहेको छ ।

केही जिल्लाको क्रियाशिल विवाद समाधान नभएको कारणले काङ्ग्रेसको सबै तहको अधिवेशन निर्धारित मिति भन्दा केही समय पछाडि धकेलिने काङ्ग्रेले जनाएको छ ।

प्रकाशित : २०७८ साउन ८ गते १३:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI