नवलपुरमा शनिबार ७९ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ९ गते १८:१४
नवलपुरमा शनिबार ७९ जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरमा शनिबार ७९ जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शनिबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ७९ जना संक्रमित थपिएका हुन ।

शनिबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १०, देवचुलीमा १६ कावासोतीमा ३८, मध्यविन्दुमा ५, विनयी त्रिवेणिमा ५ र हुप्सेकोटमा ३ जिल्ला बाहिरका २ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार थपिएका ७९जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६६२ पुगेको छ ।

 

प्रकाशित : २०७८ साउन ९ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI