अज्ञात समूहद्वारा बसमा आगजनी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ११ गते १३:४०
अज्ञात समूहद्वारा बसमा आगजनी

दाङको तुलसीपुर कालाखोलामा रोकिराखेको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले घोराही–तुलसीपुर सडकखण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा गएराति बसमा आगजनी भएको बताए ।

उनले यात्रुबाहक बस ब्रेक फेल भएका कारण त्यहाँ रोकिराखेको अबस्थामा रहेको र गएराती आगजनी भएको जानकारी दिए ।

रा १ ख १८९२ नम्बरको बसमा राति २ बजेतिर आगो लगाइएको प्रहरीले जनाएको छ ।
डिएसपी अर्यालले प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको र घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भैरहेको पनि बताए ।

फाइल तस्बिर

प्रकाशित : २०७८ साउन ११ गते १३:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI