चितवन, गैंडाकोट र तनहुँको देवघाटमा आज ९ बजेदेखि २ बजेसम्म विद्युत अवरुद्ध हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १४ गते ७:५५
चितवन, गैंडाकोट र तनहुँको देवघाटमा आज ९ बजेदेखि २ बजेसम्म विद्युत अवरुद्ध हुने

चितवन, साउन १४-

चितवनमा आज बिहिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अबरुद्ध हुने भएको छ । हेटौँडा ग्रिड महाशाख अन्तर्गतको सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि विद्युत अबरुद्ध गर्न लागिएको हो ।

भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा विद्युत सेवाा अवरुद्ध हुनेछ । यस्तै नवलपुरको गैडाकोट र तनहुँको देवघाट क्षेत्रमा पनि विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । समयभन्दा छिट्टै काम सम्पन्न भएमा पनि तोकिएको समय अगावै विद्युत आपूर्ति हुन सक्ने जनाईएको छ ।

प्रकाशित : २०७८ साउन १४ गते ७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI