२७ वर्षीय युवकको नारायणीमा डुबेर मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २३ गते १९:३४
२७ वर्षीय युवकको नारायणीमा डुबेर मृत्यु

चितवन । चितवनमा पौडी खेल्ने क्रममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । आज (शनिबार) दिउसो ३:३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं १ देवघाट स्थित नारायणी नदिमा पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका वडा नं १० बस्ने २७ बर्षीय रंजन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

रंजनका साथीहरुले नदिमा डुबेको देखेपछि उनलाई तत्काल उद्दार गरेका थिए । उनलाई  उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको थियो । अस्पतालले दिउँसो ४ : १५ बजे  मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ साउन २३ गते १९:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI