साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २५ गते १८:१२
साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

काठमाडौं । १३ औं संस्करण साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा आयोजना हुने भएको छ । यसअघि नेपाल र माल्दिभ्सले प्रतियोगिता गर्न प्रस्ताव गरेका थिए । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३ औं साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ ।

भुटानले तीन दिनपछि निर्णय गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताका लागि नेपालले पनि दावेदारी प्रस्तुत गरेको थियो । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो ।

नेपालमा साफ आयोजना गर्न सरकारले ५ करोड दिने निर्णय गरिसकेको थियो । अब साफ भने माल्दिभ्समा हुने भएको छ ।

प्रकाशित : २०७८ साउन २५ गते १८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI