प्रहरीको नयाँ तलब : कुन पदले कति पाउँछन् ? (सूचीसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २९ गते १९:५४
प्रहरीको नयाँ तलब : कुन पदले कति पाउँछन् ? (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीको नयाँ तलब स्केल यही साउन १ गतेदेखि लागू भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि भएको हो ।

सुचि अनुसार सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँने छन् ।

त्यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तलब को ५५ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ भने प्रहरी उपरीक्षक (एसपी) को तलब ५३ हजार ४० रुपैयाँ पुगेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी)को ४९ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) को तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको सुचिमा स्पस्ट देखिन्छ ।

रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । फलोअर्स, सयस समेतको सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँमा १० औं ग्रेडको प्रतिग्रेड ७ सय १६ रुपैयाँका दरले २८ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।

हेर्नुहोस् सुचि

 

प्रकाशित : २०७८ साउन २९ गते १९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI