प्रधानमन्त्री देउवाद्वारा पारस खड्कालाई धन्यवाद तथा शुभकामना

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३० गते १४:४०
प्रधानमन्त्री देउवाद्वारा पारस खड्कालाई धन्यवाद तथा शुभकामना

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद तथा शुभकामना ब्यक्त गरेका छन् । आज बिहान प्रधानमन्त्री देउवालाई भेट्न खड्का उनको निवास बालुवाटार गएका थिए ।

भेटपछि देउवाले ट्वीटरमार्फत पारसलाई धन्यवाद तथा शुभकामना दिएका हुन् । उनी लेख्छन्, ‘नेपाली क्रिकेटले दुई दशकमा हासिल गरेका हरेक सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’

देउवाले ट्वीटरमा पारससँगको फोटो सेयर गर्दै त्यस्तो लेखेका हुन् । पारसले पनि ट्वीटरमार्फत नै प्रधानमन्त्री देउवाको बधाईको जवाफ दिएका छन् । पारस लेख्छन्, ‘ ‘माननीय प्रधानमन्त्रीलाई आगामी दिनमा नेपाली क्रिकेटको वृद्धि र विकासमा सहयोग गर्ने आश्वासन दिनुभएकोमा धन्यबाद । ’

प्रकाशित : २०७८ साउन ३० गते १४:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI