नेपालले अर्को महिना पपुवा न्यूगिनीसँग एकदिवसीय सिरिज खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३२ गते १६:५५
नेपालले अर्को महिना पपुवा न्यूगिनीसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं। नेपालले अर्को महिना ओमानमा पपुवा  न्यूगिनीसँग एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । ओमानमा हुने आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ को खेल अगावै नेपालले २ एकदिवसीय खेल्ने भएको हो ।

नेपालले पहिलो खेल सेप्टेम्बर ५ (भदौ २० गते) र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २३ गते) खेल्नेछ । सेप्टेम्बर ५ मा खेल्ने खेल दिउँसोमा हुनेछ भने सेप्टेम्बर ८ को खेल दिन र रातमा हुनेछ । ओमानमा यस वर्ष टि–२० विश्वकपका खेलहरु पनि हुँदैछन् ।

प्रकाशित : २०७८ साउन ३२ गते १६:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI