युवा नेता सापकोटाको “नेपाली राजनीतिमा नेपाली काँग्रेस” पुस्तक सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २६ गते १६:४५
युवा नेता सापकोटाको “नेपाली राजनीतिमा नेपाली काँग्रेस” पुस्तक सार्वजनिक

नवलपुर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी गणेश सापकोटाद्वारा लिखित पुस्तक “नेपाली राजनीतिमा नेपाली काँग्रेस” शनिबार सार्वजनिक गरिएको छ ।

नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले पुस्तकको विमोचन गरेका हुन । नेपाली काँग्रेस देवचुली नगर समितीले आयोजना गरेको बिपी स्मृति भवन उदघाटन तथा कार्यकर्ता भेलामा प्रमुख अतिथी रहेका कोईरालाले पुस्तकको विमोचन गरेका हुन ।


नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य समेत रहेका सापकोटाले लेखेको पुस्तकले आम सर्वसाधरणहरुलाई वामपन्थीहरुले फैलाएको भ्रमबाट बाहिर निस्कन सहयोग पुग्ने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । पुस्तकले आम सर्वसाधरणलाई नेपालको लोकतान्त्रीक आन्दोलन, नेपाली काँग्रेस र लोकतन्त्रलाई बुझन सजिलो हुने पुस्तकका लेखक गणेश सापकोटाले बताए ।

प्रकाशित : २०७८ भदौ २६ गते १६:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI