गैंडाकोटमा सवारी दुर्घटना : ३ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २९ गते ८:२४
गैंडाकोटमा सवारी दुर्घटना : ३ जनाको मृत्यु

कावासोती । पुर्वी नवलपरासीको गैंडाकोटमा यातायात दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा ३ जनाको मृत्यु भएको र २४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिपकुमार गिरीले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको
नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १ जना पुरुष र २ जना महिला रहेका गिरीले बताए । बिहान करिब ४ बजेको समयमा दुर्घटना भएको र मृतक र घाईतेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २०७८ भदौ २९ गते ८:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI