नेपाल ओमानसँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २९ गते ११:२८
नेपाल ओमानसँग खेल्दै

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल खेल्दै छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल अपरान्‍ह सवा ४ बजे सुरु हुनेछ ।  नेपालले सिरिजअन्तर्गतको पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

सात राष्ट्र समावेश आईसीसी क्रिकेट विश्वकप लिग २ मा सोमबारको जितपछि नेपाल पाँच खेलबाट ६ अंकसहित छैटौँ स्थानमा यथावत् छ। अमेरिका भने १३ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ। ओमान अंक तालिकाको शीर्ष स्थानमा छ। ओमानको १० खेलबाट १६ अंक छ।

प्रकाशित : २०७८ भदौ २९ गते ११:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI