मोरङको बुढीगंगाकी सुस्मिता ऋषिदेव बनिन् १ दिने गाँउपालिका प्रमुख

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २९ गते १८:०१
मोरङको बुढीगंगाकी सुस्मिता ऋषिदेव बनिन् १ दिने गाँउपालिका प्रमुख

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एकदिने गाँउपालिका प्रमुख बनाइएको छ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा गाँउपालिकाका अध्यक्ष बालचन्द्र माझीले उनलाई एकदिने अध्यक्षको जिम्मेवारी लिखित रुपमै हस्तान्तरण गरेका हुन् ।

बुढीगंगा–२ की सुस्मितालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रुपमा अध्यक्षको जिम्मेवारी दिएर बालदिवस मनाइएको हो । गाँउपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सुस्मिताले पद बहाली गरेकी हुन् ।

पद वहाली लगत्तै उनकै अध्यक्षतामा गाँउपालिकाको कार्यपालिका बैठक समेत बसेको थियो । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा एकदिने कार्यभार हस्तान्तरण गर्दै बुढी गंगा गाँउपालिकाका अध्यक्ष माझीले बालवालिकालाई स्थानीय तहको काम कर्तव्य र अधिकारका बारेमा जानकारी हुुनुका साथै व्यावहारिक ज्ञान पनि हुने भएकाले यस्तो अभ्यास गरिएको बताए ।

 गाँउपालिकाको एक दिनको लागि अध्यक्ष हुन पाउनु एउटा अवसर रहेको सुस्मिताले बताएकी छन् । उनले वाल दिवसको अवसरमा आफूले एकदिन गाँउपालिकाको अध्यक्ष भएर सो पालिकाका बालिबालिकाको निम्ति ५० हजार बजेट छुट्याउने, सबै पूर्वाधारलाई बालमैत्री बनाउने र बालविवाह रोक्न पहल गर्ने निर्णय समेत गरेको बताइन् ।

सुस्मिताले आज एक दिन सो गाँउपालिकामा अध्यक्षले गर्ने सबैै काम गर्नुका साथै गाँउपालिकाको एउटा स्वास्थ्य केन्द्र र विद्यालयको अुगमन समेत गरेकोे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुवल्लभ बरालले जानकारी दिए ।

   
प्रकाशित : २०७८ भदौ २९ गते १८:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI