टिकटक बनाउने क्रममा सेती नदिमा खसेर युवती बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २९ गते १९:१५
टिकटक बनाउने क्रममा सेती नदिमा खसेर  युवती बेपत्ता

दुलेगौंडाः टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा शुक्लागण्डकी ८ तालिमकी १९ वर्षिया पवित्रा लम्साल छन् ।

प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन् ।

साथीभाईसँग मंगलबार दिउँसो पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ । प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अन्ुसार युवती साथीहरुसँग गएकी थिइन् ।

नदीमा खसेर बेपत्ता हुनासाथ खोजी तीव्र पारिएको उनले बताए ।

प्रकाशित : २०७८ भदौ २९ गते १९:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI