भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ३० गते १८:०४
भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन, भदौं ३०-

भरतपुर अस्पतालमा विगत २४ घण्टामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा चितवनका दुई जनाको मृत्यु भएको हो । चितवनमा अहिले ४८ जना कोरोनाका बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

 

जसमध्ये आईसीयूमा १६ जना, भेन्टिलेटरमा एक जना, एचडीयूमा १७ जना, जेनरल बेडमा १५ जना रहेका छन् । विगत २४ घण्टामा विभिन्न अस्पतालमा सात जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

 

चितवनमा विगत २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

 

प्रकाशित : २०७८ भदौ ३० गते १८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI