हेटौडा-बर्दघाट २२० केभी पिडितको गुनासोः बिकासका नाम बिस्थापित पार्न खोजियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ५ गते २०:५९
हेटौडा-बर्दघाट २२० केभी पिडितको गुनासोः बिकासका नाम बिस्थापित पार्न खोजियो

नवलपुर ।   बिस्तारको चरणमा रहेको हेटौडा-बर्दघाट २२० केभी प्रसारण लाईन पिडितले नवलपुरको विनयी त्रिवेणीमा पत्रकार सम्मलेन मार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् ।   मंगलवार विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ को सुनटाँडीमा पत्रकार सम्मेलन मार्फत बिकासका नाममा बस्ती नै जोखिममा पार्दै आफूहरुलाई विस्थापित गर्न खोजेको बताएका छन् ।

विनयी त्रिबेणी सुनटाँडीका स्थानीय ललितबहादुर गुरुङले हवाई सर्वे गरेभन्दा फरक ढंगले बस्तीकै बीचबाट प्रसारण लाइनको काम भएका कारण बस्ती प्रभावित भएको बताउनुभयो । वहाँले सरकार, सरकारका कर्मचारी र परियोजना तर्फबाट आफूहरुलाई अल्मल्याउन खोजेको बताउनुभयो ।

पिडीत स्थानीयबासीले घुमाएर लैजान सकिने निकास हुँदाहुँदै पनि बस्तीबाटै हाईटेन्सन पावर लैजानु नागरिकलाई बिचल्ली पार्न खोजिएकोले आवश्यक परे छातीमा गोली छाप्न पछि नपर्ने चेतावनी दिएका छन् ।

पिडितले सर्वोच्चमा रिट दर्ता गरेका छन् । अहिले प्रसारण लाईनको काम सो क्षेत्रमा मात्रै रोकिएको छ ।

प्रकाशित : २०७८ असोज ५ गते २०:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI